माउन्ट के टू आरोही टोलीलाई परिसंघको बधाई तथा स्वागत

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । बिहीबार राजधानीमा आयोजित औपचारीक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष श्री सतिशकुमार मोरसहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई सम्मान तथा स्वागत गरेको हो ।
समारोहलाई सम्बोधन गर्दैं अध्यक्ष मोरले स्वागत तथा अभिवादन व्यक्त गरे । उनले मित्र राष्ट्र पाकिस्तानमा अवस्थित विश्वको दोस्रो अग्लो चुचुरो “के टू” को गत जनवरी १६, २०२१ का दिन हिउँदे यामको समयमा पहिलो सफल आरोहण भएकोमा टोलीलाई बधाई दिए । ‘यहाँहरुको यस किर्तिमानि एवं साहसिक आरोहणबाट आफ्नो मात्र हैन नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल हुनुभएको छ,’ उनले भने, ‘यस साहसिक आरोहण प्रति नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको तर्फबाट यहाँहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं ।’

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको नाम विश्वभर स्थापित गराएकोमा आरोहण टोलीलाई बधाई दिइ । टुरीजम कमिटिका संयोजक पम्पा धमलाले नेपाली आरोहीले विश्वको दोश्रो हिमाल के टु को सफल आरोहण गरेर विश्व र्कीिर्तमान कायम गरेकोमा बधाई व्यक्त गरिन् ।

टोलीले ३ माघमा (जनवरी १६मा) साँझ ५ बजे सफल विश्वको दोस्रो अग्लो (८,६११ मिटर) चुचुरो के टूको आरोहण गरेको थियो । १० जना नेपालीले हिउँदयाममा आरोहण गरेर विश्व किर्तिमान बनाएको थियो । सम्मान समारोहमा परिसंघका उपाध्यक्ष्यहरु अनुज अग्रवाल, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्र पाण्डेको उपस्थिती थियो ।

प्रतिक्रिया