आइएमई र अल अहलिया एक्स्चेन्जबीच सहकार्य सम्बन्धी सम्झौता

काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (युएई)मा रहेको कम्पनी अल अहलिया एक्स्चेन्ज र नेपालको आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको गर्ने समझदारी भएको छ । समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स पठाउने नेपाली नागरिकले सिधै पाउनेको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्सचेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।

आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्स्चेन्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए ।

आइएमई पे ब्राण्डको प्रर्विद्र्घत संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु महत्वपूर्ण रहेको बताए । यूएइ नेपाल भित्रिने रेमिट्यान्सको मुख्य स्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।

वार्षिक ८ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । सेवा सुभारम्भका अवसरमा प्रतिकारोबार रू. ६० सम्म बोनस पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया