सेयरमा ३२ अंकको करेक्सन

काठमाडौं । सेयर बजारमा ३२ अंकको करेक्सन देखिएको छ । अघिल्लो सातादेखि लगातार बढेको सेयर बजारमा सोमबार झिनो अंकको करेक्सन देखिएको हो । सोमबार बजार ३२ अंकले घटेर २६०७.६७ बिन्दुमा ओर्लिएको छ । यस दिन ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँमा २ सय ७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन जलविद्युत् र अन्यबाहेक सबै समूहगत सूचक ओरालो लागेका छन् ।

धेरै कमाउनेमा निफ्राको सेयर ६० रुपैयाँले बढेर प्रतिकिक्ता ६६० पुगेको छ । निफ्राको सेयरमा सोमबार सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै, अंखुखोला जलविद्य्त कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो तामाकोसी, चन्द्रागिरी हिल्स, शिवश्री हाइड्रो लगायत कम्पनीका सेयर बढेका छन् ।

यस दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको शेयर ३८ करोडको कारोबार भएको छ । त्यस्तै, निफ्राको सेयर ३२ करोड रुपैयाँले बढेको छ ।

प्रतिक्रिया