स्तन क्यान्सरबाट बच्न के खाने के नखाने ?

काठमाडौँ । स्तन क्यान्सर आजको दिनमा आम रोग बनेको छ । स्तन क्यान्सरका कारण विश्वमा प्रत्येक वर्ष लाखौँ महिलाले ज्यान गुमाइरहेका छन् । आजभोलि कम उमेर समूहका महिलामा समेत स्तन क्यान्सर देखिने गरेको छ ।

आयुर्वेदविद्का अनुसार स्तन क्यान्सरको मुख्य कारण अव्यवस्थित दिनचर्या र जीवनशैली नै हो । अधिक मात्रामा अण्डा, माछामासु, रक्सी र लागुपदार्थको सेवन तथा निन्द्रको गडबडीले पनि महिलामा स्तन क्यान्सरको जोखिम बढाउने विज्ञहरु बताउँछन् । यदि कुनै कारणले महिलाको स्तनमा चोट पुगेको छ र स्तनका नलीहरु अवरुद्ध भएका छन् भने यो अवस्थामा पनि स्तन क्यान्सरको जोखिम हुने विज्ञको भनाइ छ ।

आयुर्वेदको प्रभावकारी उपचारले स्तन क्यान्सर जस्तो गम्भीर रोगहरूबाट मुक्ती दिलाउँछ । आयुर्वेद एक प्राचीन आयुर्वेदिक चिकित्सा प्रणाली हो जुन गम्भीर रोगहरूको उपचारको लागि प्रसिद्ध छ र यस चिकित्सा अभ्यासको कुनै साइड इफेक्ट हुँदैन।

स्तन क्यान्सरका सामान्य लक्षणहरु

– स्तनमा लामो समयसम्म हल्का वा गम्भीर दुखाइ हुनु ।
– स्तनमा गिर्खाहरु देखिनु ।
– स्तन छुँदा दुख्नु ।
– स्तन कडा हुनु, सुन्निनु ।
– स्तनको तापक्रम बढ्नु, छुँदा तातो अनुभुति हुनु ।
– बेचैनी र शरीर सुस्त हुनु ।

क्यान्सरको आयुर्वेदिक उपचार

स्तन क्यान्सरको समस्याबाट छुटकारा पाउन आयुर्वेदिक उपचार लाभदायी हुन्छ । आयुर्वेदको जडिबुटी औषधिहरूको नियमित सेवनले स्तन क्यान्सरको जोखिम कम गर्दछ । आयुर्वेदको पञ्चकर्मा थेरापी पनि स्तन क्यान्सरको उपचारको लागी एक प्रभावकारी विकल्प हो ।

आयुर्वेदले आहारमा अधिकतम जोड दिन्छ र यदि प्रारम्भिक लक्षणहरू थाहा भएमा स्तन क्यान्सरलाई विशेष डाईट र आयुर्वेदिक औषधिहरूको सेवनले निको पार्न सकिन्छ ।

आयुर्वेदले स्तन क्यान्सरबाट पीडित महिलाहरूलाई प्रशस्त मात्रामा भिटामिन डी युक्त खाना खान सल्लाह दिन्छ । किनकी भिटामिन डिको कमि भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी भएको विभिन्न अनुसन्धानमा पाइएको छ ।

स्तन क्यान्सरबाट बच्न के खाने के नखाने ?

– लसुन र प्याजको सेवनले स्तन क्यान्सरबाट बचाउँछ ।

– अंगुर, किसमिस पनि स्तन क्यान्सरको निदानका लागि उपयोगी मानिन्छ ।

– अदुवा, ग्रिन टीको सेवनले पनि स्तन क्यान्सरको जोखिम कम गर्छ ।

– दुध वा दुधबाट बनेका परिकारहरु धेरै सेवन नगर्ने ।

– स्तन क्यान्सरबाट पीडित महिलाले धुम्रपान गर्नु हुँदैन ।

– चिया र कफिबाट टाढै रहनुस् ।

– मास र मुसुरोको दाल नखानुहोस् ।

– आफ्नो भोजनमा अण्डा र मासु समावेश नगर्नुहोस् । –एजेन्सी

प्रतिक्रिया