स्प्राइटको अभियान ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’

काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’ नामको नयाँ अभियान शुरू गरेको छ । घरमै बसेर स्क्रिनमा व्यतित गर्ने आम उपभोक्ताको समयलाई सरल तरिकाले पूर्ण ताजगिका साथ विताउन सहयोग गर्ने अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

अभियान अन्तर्गत एउटा विज्ञापन थुप्रै नोटिफिकेशन सहित मोबाइलमा बज्ने र उक्त विज्ञापनमा सन्देश दिने अभिनेताको सन्देश र अभिनयले उपभोक्तालाई स्प्राइटसँगै रिफ्रेस रहने सधाउने बताएको छ ।

स्मार्ट फोनको साथ आराम गर्न कोशिस गर्दै त्यस दौरान आउने झन्झटलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तरिकामा यो अभियान केन्द्रित रहेको कम्पनीले जनाएको छ । मोबाइलमा बज्ने विभिन्न नोटिफिकेशन, पपअप्स्को साथ मोबाइल गुन्जने, साथी र परिवारको म्यासेज, ईमेल, मोबाइल अपडेटहरू वाविभिन्न सामाजिक एपहाट अनियमित सूचनाबाट हुने दिक्दारीलाई कसरी दूर गर्ने भन्ने अभियानको उद्देश्य रहेको बताएको छ ।

दिकदार नभइ स्प्राईटको चिसो, क्रिस्प र लेमन–लाइम स्वादले अधिकतम रिफ्रेशमेन्ट लिन र तनाव मुक्त हुन यसले सहयोग गर्ने कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले बताए ।

 

प्रतिक्रिया