लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले इजीलिंक रेमिट्यान्सको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्ने छन् । साथै स्वदेश तथाविदेशबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको पैसा ग्राहकले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरे ।

प्रतिक्रिया