नेपाल आइपुग्यो कोभिडविरुद्धको १० लाख डोज खोप

काठमाडौं । भारतको नयाँ दिल्लीबाट कोभिड- १९ विरुद्धको १० लाख डोज खोप काठमाडौं आइपुगेको छ। भारतबाट आइतबार दिउँसो साढे २ बजे एयर इन्डिया विमानमार्फत् ‘कोभिशिल्ड’ नामक १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा खोप उपलब्ध गराएको थियो। यो खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइने जनाइएको छ।

गत बुधबार खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप त्रिभुवन विमानस्थल आइपुगेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए।

प्रतिक्रिया