नेप्सेमा झिनो सुधार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार झिनो सुधार देखिएको छ । यस दिन परिसूचक मात्र ३.६६ अंकले बढेर २६४०.३४ अंकमा पुगेको छ । तर, नेप्सेको सूचिकरणअनुसार ‘क’ वर्गमा परेका कम्पनीहरुको कारोबार मूल्यांकन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.२० अंकले घटेको छ । आइतबार ८ अर्ब ८३ करोड ४६ लाखमा २ सय ७ कम्पनीका कुल २ करोड ४३ लाख ५ हजार किक्ता शेयर कारोबार भएको छ ।

आइतबार अप्पर तामाकोशी, शिवश्री हाइड्रो पावर कम्पपनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै, नेपाल पूर्वाधार बैंक (निफ्रा)को शेयर ९.८९ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर ५४ रुपैयाँले बढेको छ । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स कम्पनी, चन्द्रागिरी हिल्स लगायत कम्पनीका सेयरको मूल्य पनि बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंकको ६१ करोड, निफ्राको ५३ करोड, ग्लोबल आइएमई बैंकको ३० करोड, एनआइसी एसिया बैंकको ३० करोड, शिखर इन्स्योरेन्सको २७ करोड, नविल बैंकको २४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको २२ करोड, माथिल्लो तामाकोसीको २० करोडको कारोबार भएको छ ।

प्रतिक्रिया