सिभिल बैंकले ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई ८ प्रतिशतका दरले बोनश सेयर दिने भएको छ । बैंकको चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार रुपैयाँ बोनश सेयर वितरण गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

त्यस्तै, कर प्रयोजनका लागि प्रतिशेयर शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने ३ करोड २६ लाख ९८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गर्न एनबिएसएम एण्ड एशोसियट्सलाई लेखा परीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, साधारणसभाले कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज गर्न, प्राप्ती गर्न वा रणनीतिक साझेदार भित्र्याउन बैंक सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको छ ।

प्रतिक्रिया