मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहायता सेवा सुरू

काठमडौं । मुक्तिनाथ विकास बैंकले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधाका लागि आफ्नो वेबसाइट मार्फत बैंकले सो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकले उक्त भर्चुअल सहायता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टा लिन सक्नेछन् ।

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको जनाएकाे छ ।

बैंकका अनुसार उक्त सेवा प्रयाेगका लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाई वा बैंकको मासकट ‘मुक्तिभाई’ क्लिक गरी त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

 

प्रतिक्रिया