दिल्ली जाँदै डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई भारत जाँदैछन् । नेपाल बायुसेवा निगमको जहाजबाट डा. भट्टराई आज नयाँ दिल्ली जान लागेका हुन् ।

उनको सचिवालयका अनुसार भट्टराई स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

प्रतिक्रिया