शेरबहादुर र उषाकला पुनः ओलीतिरै

काठमाडौँ । पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश नं. १ की सांसद उषाकला राई पुनः केपी शर्मा ओली समूहरितै फर्किएका छन् । गत पुसमा नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपातिर लागेका राई दम्पत्ति पुनः ओली समूहतिरै फर्किएका हुन् ।

सांसद उषाकला राईका अनुसार दाहाल–नेपाल समूहमा राम्रो व्यवस्थापन नहुने देखेपछि आफूहरु ओली समूहमै फर्किएका हुन् ।

यस्तै यता तामाङले पनि आधिकारिक हो भन्ने नखुलेसम्मको लागि प्रधानमन्त्री ओलीलाई साथ दिने बताएका छन् । उनले भनेका छ्न, ‘हामी ओली समूहतिरै आएका छौँ । उता(दाहाल–नेपाल) आधिकारिक हो भनेर खुलिसकेको छैन । त्यससम्मको लागि हामी यतै फर्किने निर्णय गर्यौँ ।’

राई दम्पत्ति ओली समूहमा फर्किएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबूकमा एक स्टाटस राख्दै मूलधारमा फर्किएको बताएका छन् ।

प्रतिक्रिया