एनआईसी एशिया बैंकको साइबरसोर्सलाई गेटवे पेमेन्टले व्यवसायीमाझ पुर्याउने

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबर सोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायी माझ पुर्याउने भएको छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको सेवा सञ्चालन गर्ने अनुमति पाएपछि बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबर सोर्स इंकको गेटवे प्रणालीलाई प्रभावकारी बनाउने बैंकले जनाएको छ ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्ने बताइएको छ ।

अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबर सोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्व जगतमा प्रतिष्ठित छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्तासँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्ने छन् ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिजा, मास्टरकार्ड, युनियन पे लागयतका कार्डबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया