सिटिजन्स बैंक र पेलेस एप्स बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारी भएको छ ।

सो समझदारीले सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले पेलेस एप्ससँग आवद्ध ४ सय ५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउने भएका छन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सातलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया