कांग्रेस नेता दाहालको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ ।

५८ बर्षका दाहालको शुक्रबार विहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दुवै मृगौला प्रत्यारोपण गरेका दाहाललाई स्वास्थ्यमा समस्या आएपछि ओम अस्पताल भर्ना गरिएको थियो ।

दाहालले राजनीतिका साथै काठमाडौँको लप्सिफेदीमा ज्येष्ठ नागरिकका लागि आश्रम सञ्चालन पनि गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया