कांग्रेस नेता दाहालको निधन
२०७७ फागुन ७ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ ।
५८ बर्षका दाहालको शुक्रबार विहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दुवै मृगौला प्रत्यारोपण गरेका दाहाललाई स्वास्थ्यमा समस्या आएपछि ओम अस्पताल भर्ना गरिएको थियो ।
दाहालले राजनीतिका साथै काठमाडौँको लप्सिफेदीमा ज्येष्ठ नागरिकका लागि आश्रम सञ्चालन पनि गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
२०७७ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित








