बिपी प्रतिष्ठानका उपकुलपति गिरीको कार्यकक्षमा तालबन्दी

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा ताला लगाएका छन्। प्रतिष्ठान पदाधिकारीहरुले तीन वर्षदेखि रोकिएको बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै ताला लगाउन बाध्य भएको डाक्टरहरुले बताए।

उपकुलपति प्रा डा गिरी भने शिक्षाध्यक्ष प्राडा गुरु खनालसहित पाँचदिनदेखि काठमाडौंमा छन्।

चिकित्सकहरुले फ्याकल्टीहरुलाई आवास उपलब्ध गराउन भवन निर्माणका लागि पहल गनुपर्ने, विभागीय प्रमुखहरुको रोटेशन मिलाउनु पर्ने, आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने,  शिक्षकहरुलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिनलाउनुपर्ने माग राखेका छन्।

आन्दोलन सुरु भएपछि गत माघ २६ गते समाज र प्रतिष्ठान पदाधिकारीबीच भएको वार्तामा उपकुलपति लगायत पदाधिकारीहरुले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर १० दिन भन्दा बढी बितिसक्दा पनि दिएको आश्वासनअनुसार प्रगति नभएपछि तालाबन्दी गर्नुपरेको समाजले जनाएको छ।

प्रतिक्रिया