साधना लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायव महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ। बुधबार संस्थाले एक सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरूले आगामी ११ गतेसम्म दरखास्त दिनसक्ने लघुवित्तले जनाएको छ।

दरखास्त दिएकाहरूले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाहरूमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ। साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकतासमेत दिने संस्थाले जनाएको छ।

गोरखा नगरपालिका- ६ हरामटारीमा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा काम गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया