महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको उक्त संस्थालाई सहायता प्रदान गरिएको बैंकले जनाएको छ । बिहीबार बाल सारथीको कार्यालयमा एक कार्यक्रमका बीच बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दीपान्जली खकुरेलले संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकालाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।

देशभर १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिवबद्धता जनाएको छ ।

 

प्रतिक्रिया