‘कोभिसिल्ड’ खोप दुई साताभित्र नेपाल आउने

काठमाडौं । सरकारले भारतसँग २० लाख डाेज खाेप खरिदका लागि प्रक्रिया अघि बढाएकाे छ। भारतीय कम्पनीसँग किन्न लागिएकाे खोप २ साताभित्र नेपाल आइपुग्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए।

खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइसकिएको मन्त्री त्रिपाठीले उल्लेख गरे।

स्वास्थ्य मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो। मंगलबार बसेको मन्त्रपरिषद बैठकले सेरम इन्सटिच्युटसँग प्रतिखोपको ४ डलरका दरले २० लाख डाेज खाेप किन्ने निर्णय गरेकाे हाे। यसअनुसार २० लाख डाेज खाेपकाे मूल्य ९२ कराेड ८७ लाख बढी पर्न जान्छ।

नेपालले चिनियाँ कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको खोपलाई पनि आकस्मिक प्रयोगका अनुमति दिइसकेकाे छ।

सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) लाई औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो। चीनले पनि पहिलाे चरणमा नेपाललाई ५ लाख खाेप निःशुल्क उपलब्ध गराउने बताएकाे छ।

प्रतिक्रिया