कारोबारको पाँचौं दिनमै निफ्राको बजार पूँजीकरण १ खर्बमाथि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण भएर कारोबार सुरु गरेको नेपाल इन्फ्रास्टक्छर बैंक (निफ्रा)को बजार पूँजीकरण १ खर्ब रुपैयाँ नाघेको छ ।

कारोबार सुरु गरेयता निरन्तर उकालो लाग्दै आएको उक्त कम्पनीको सेयर मूल्य उकासिएसँगै कम्पनीको पूँजीकरण खर्ब नाघेको हो । आइतबारबाट सुरु भएको उक्त कम्पनीको सेयर कारोबार बिहीबार ५ औं दिनसम्म आइपुग्दा सेयर मूल्य ५ सय ४६ रुपैयाँ पुगिसकेको छ ।

कारोबारको पाँचै दिन लगातार सकारात्मक सर्किट बे्रक अर्थात् १० प्रतिशतसम्मले वृद्धि हुँदै आएको उक्त कम्पनीको सेयरको मूल्यमा बिहीबार कोरोबार सुरु भएको साबा २ घण्टासम्ममा ४९ रुपैयाँले वृद्धि भइसकेको छ । यो सँगै कम्पनीको पूँजीकरण १ अर्ब ९ अर्ब रुपैयाँ पुगिसकेको छ ।

यसअघि नेप्सेमा सूचिकृत मध्ये १ खर्ब वा सोभन्दा बढी बजार पूँजीकरण भएका कम्पनीहरुमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेनस, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, ग्लोबल आइएमई बैंक , एनआइसी एसिया बैंक रहेका छन् ।

यो कम्पनीको सेयरमा लगानीकर्ता अर्थात् खरिदकर्ताको उच्च माग देखिएको छ । तर, बिक्री गर्न चाहने लगानीकर्ता निकै कम देखिएका छन् । यो कम्पनीको सेयरमा आवेदन गर्ने मध्ये सबैलाई ५० कित्ता र केहीलाई ६० कित्ताका दरले बाँडफाँट गरिएको थियो ।

कम्पनीमा सर्वसाधारणको ८ अर्ब रुपैयाँसहित कुल २० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

 

प्रतिक्रिया