महिला ट्रेकिङ उद्यमीलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

काठमाडौं । प्रभु बैंकले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिका–३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियत पूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

कोभिड–१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आयआर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीलाई ट्रेकिङका लागि आवश्यक बन्दोबस्तिका समानको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनः सुचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।

 

 

प्रतिक्रिया