बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी प्रदान

काठमाडौं । बैंक अफ काठमाण्डूले अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) अन्तर्गत बैंकका संचालक डा. हेमराज सुबेदीले एक कार्यक्रमका अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई सेतो छडी हस्तान्तरण गरेयका हन् ।

उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जीवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको जनाएकाे छ ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया