सिद्धार्थ बैंकको नँया एटिएम वीरेन्द्र बहुमुखी क्यामपसमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २ सय ६ पुगेको छ ।

सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले मंगलबार बैंकका प्रदेश प्रमुख दुर्गा राज पाण्डेयकोे उपस्थितीमा उद्घाटन गरेका हुन् । बैंकले भरतपुर स्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया