धनगढीको त्रिनगर कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौं । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्न माछापुच्छ्रे बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको त्रिनगर कृषिउपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको शुभारम्भ गरेका हुन् । गोलभेडा तथा टपरी किनेर उनले क्युआर कोड मार्फत उक्त सामानको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गरे ।

कार्यक्रममा निर्देशक घिमिरेले काठमाडौंबाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताए ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफुल किन्न जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आपूmले खरिद गरेको तरकारी तथाफलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । सो हाट बजारमा रहेका अधिकांश पसलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।

प्रतिक्रिया