महिन्द्राकाे सर्भिस सेन्टर बाराको जितपुर सिमरामा

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स  प्रालिले बाराको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहअन्तर्गतको उक्त कम्पनीले ‘सिमरा अटो जोन’ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

सर्भिस सेन्टरको प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनाल र बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रुपमा मंगलबार उदघाटन गरेका छन् । कार्यक्रमा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिको उपस्थिति थियो ।

बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रमा ग्राहकलाई अधिकतम सन्तुष्टि दिन र गुणस्तरीय सेवा दिन कम्पनी बढी केन्द्रित रहँदै आएको जनाएको छ ।

यो सर्भिस सेन्टरले आफ्ना ग्राहकलाई महिन्द्रा अटो मोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थार लगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउने जनाएको छ ।

सिमरा अटो जोन, जीतपुर सीमराका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्रीले महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्न सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया