३ वर्षकाे औषत आर्थिक वृद्धिदर साढे ५ प्रतिशत : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार सञ्चालन सुरु गरेदेखि ३ वर्षमा साढे ५ प्रतिशतको औषत आर्थिक वृद्धि प्राप्त भएको बताएका छन् । सरकार सञ्चालनको ३ वर्षे कार्यकाल पूरा गरेको अवसरमा सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्ता बताएका हुन् ।

‘मैले सरकारको नेतृत्व सम्हाल्दा हाम्रो अर्थतन्त्र अस्तव्यस्त थियो,’ प्रधानमनत्री ओलीले आफ्नो सम्बोधनमा भनेका छन्, ‘अर्थतन्त्र थलिएको र भद्रगोल पनि थियो । यस्तो अन्यौलमा रुमलिएको अर्थतन्त्रलेसरकार गठनकोवर्षदिन पूरा हुँदा नहुँदै लय समात्न सफल भयो । सरकार सञ्चालन गरेको पहिलो वर्ष करीब ७ प्रतिशत, दोस्रो वर्ष ७ प्रतिशत भन्दा माथिको आर्थिक बृद्धि भयो ।’

यस अवधिमा बेलायती पत्रिका ‘द इकोनोमिष्ट’ले नेपाललाई १० उदीयमान र उच्च आर्थिक बृद्धिको बाटो समातेका मुलुकमा समावेश गरेको समेत उनले स्मरण गरे ।

‘यस अवधिमा अर्थतन्त्रका सबै क्षेत्रको बृद्धिदर ५ प्रतिशतभन्दा माथि पुग्यो,’ उनले भने, ‘सातवटै प्रदेशको आर्थिक बृद्धि ६ प्रतिशतभन्दा वढी थियो । यही बेला हामीले मात्र होइन संसारमा कसैले पनि नसोचेको कोभिड–१९ को महामारीआयो । यसले विश्व अर्थतन्त्रको संरचना नै भत्कायो ।’

कोभिड–१९ महामारीले केही मुलुकको बृद्धि नकारात्मक रहेको, केही मन्दीको चपेटामा परेको र कैयौं देशका अर्थतन्त्र नराम्रोसँग खुम्चिन पुगेको भए पनि नेपालमा सरकारको सुझवुझ, नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको उनको दाबी छ ।

कोभिड–१९ को असर घट्दै जाँदा अहिले हाम्रो अर्थतन्त्र फेरि पुरानै लयमा फर्किन लागेको उनको भनाइ छ ।

‘चालू आर्थिक वर्षको पहिलो ६ महिनाका केही तथ्यांकले हाम्रो अर्थतन्त्र, पुनः उच्च आर्थिक बृद्धिको बाटो समात्नेगरी  चलायमान भइसकेको देखिन्छ,’ उलने भने, ‘अर्को वर्ष, पन्ध्रौँ योजनाले प्रक्षेपण गरेको १० प्रतिशत हाराहारीको आर्थिक बृद्धिदर हासिल हुने सम्भावना प्रबल रहेको छ ।’

प्रतिक्रिया