‘कोरोना नभएको भए पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा आइसक्थे’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका कारण पोखरा र भैरहवाको विमानस्थल सञ्चालनमा आउन नसकेको बताएका छन् । कोरोना महामारी नभएको भए ती दुबै विमानस्थल सञ्चालनमा आइसक्ने उनको दाबी छ ।

सरकार गठनको ३ वर्ष पुगेको अवसरमा सिंहदरमा आयोजित सरकारका उपलब्धीबारे जानकारी दिने कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

भैरहवा विमानस्थलको निर्माण ९८.८ प्रतिशत पूरा भइसकेको उनको दाबी छ । सन् २०२० को मार्चदेखि सञ्चालनमा ल्याउने भनिएको यो विमानस्थलको निर्माण अझै पूरा हुन सकेको छैन ।

त्यस्तै, पोेखरा क्षेत्रीय विमानस्थलको निर्माण ७० प्रतिशत भइसकेको उनको दाबी छ । कोरोना महामारीकै बीच गर्न सकिने विमानस्थल सञ्चालनको तयारीको काम भने हुन सकेको छैन ।

बाह्रै महिना सञ्चालन हुने विमानस्थल ३६

सम्बोधनका क्रममा उनले नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको संख्या ३ वर्षमा २९ बाट ३६ पुगेको पु¥याएको उल्लेख गरेका छन् । यीमध्ये राती पनि चल्ने विमानस्थलको संख्या ८ पुगेको बताएका छन् । विराटनगर र सुर्खेत विमानस्थललाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी विस्तार गरिन लागेको बताएका छन् ।

धनगढी, काठमाडौं, जनकपुर, विराटनगर र भद्रपुर विमानस्थलमा प्रतिकूल मौसममा पनि भूउपग्रह मार्फत उडान तथा अबतरण हुने प्रणालीको स्थापना गरिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया