सरकारका ३ वर्षे कार्यकालका उपलब्धीबारे ब्रिफिङ जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यकालका तीन वर्षे उपलब्धिहरुबारे ब्रिफिङ गरिरहेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पुनर्निर्मित भवनबाट प्रधानमन्त्री ओलीले आफ्ना उपलब्धिहरुबारे समीक्षा गरिरहेका हुन् ।

उत्तर, पूर्व र दक्षिणी मोहोडाको पुनर्निर्माण सम्पन्न भएकोमा प्रधानमन्त्रीले उद्घाटन समेत गरेका छन् । यससँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार मुख्य भवनबाट संचालन हुनेछ ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेको सोमबार नै तीन वर्ष पूरा भएको छ । यही अवसर पारेर उनले आफ्ना उपलब्धिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित भवनबाट प्रेस ब्रिफिङ गरेका हुन् ।

प्रतिक्रिया