कुपण्डाेलकाे एक घरमा चाेरी

ललितपुर । ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित एक घरमा चाेरी भएकाे छ ।

त्यहाँकी स्थानीय बासिन्दा प्रेम कुमारी श्रेष्ठको घरमा शनिबार चाेरी भएकाे हाे । झ्यालको ग्रिल फोडेर चुक्कुल खोली दराजभित्रको नगद ३ लाख रुपैयाँ र ५ तोला बराबरका सुनका विभिन्न गहना चाेरी भएकाे प्रहरीकाे भनाइ छ ।

प्रहरीका अनुसार नगद र गरगहना गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चाेरी भएकाे हाे । चोरी संलग्न व्यक्तिहरूको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया