काठमाडौं युनिभर्सिटी स्कुल अफ आर्टस्को २६ औं दीक्षान्त समारोह सम्पन्न
२०७७ माघ ३० गते

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्को २६ औं दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।
नेशनल कलेज परिसर धुम्बाराहीमा भएको उक्त समारोहमा सन् २०१६–२० ब्याचका ८८ विद्यार्थीलाई स्कुल अफ आर्टसका डिन सागर राज शर्मा र काठमाडौं युनिभर्सिटीकी सिनेटर इकुमाया पुनले दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा ब्याचलर इन डेभलपमेन्ट स्टडिजकी श्रेया पौडेल, ब्याचलर इन डेभलपमेन्ट फाइनान्सकी रसिका बोहोरा र ब्याचलर आफ सोसियल साइन्सकी शिला थापाले आ–आफ्ना विषयमा सर्वोत्कृष्ट नतिजा हासिल गरेकोले स्वर्ण पदकद्वारा सम्मान गरिएको छ ।
कोभिड–१९ को महामारीका बीच पनि कलेजले ब्याचर डिग्रि प्रदान गर्ने गरी शैक्षिक कार्यक्रम जारी राखेर सफलता प्राप्त गरेको काठमाडौं विश्वविद्यालय कलेज अफ आर्टस्ले जाएको छ ।
२०७७ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित








