अदालतमा विचाराधीन विषयमा बाेल्न मिल्दैन : देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन भएकाले संसद् विघटनको मुद्दा यसबारेमा बोल्न नमिल्ने बताएका छन् ।

पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले गरेको नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले बोल्न नमिल्ने दोहोर्याएका हुन् ।

सभापति देउवाले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पाटीहरु सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भएकाले संसद् पुनःस्थापना अथवा चुनाव जे भएपनि दुवैको तयारीमा रहनुपर्ने बताए ।

त्यस्तै सभापति देउवाले आदिवासी, जनजाती तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । कांग्रेस समावेशी पार्टी भए पनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा सबैलाई ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया