सेयर बजारमा १६ अंकको गिरावट
२०७७ माघ २९ गते

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा १६.११ अंकको गिरावट आएको छ । साताभर लगातार बढेको बजार बिहीबार भने घटेर परिसूचक २५२६.९२ अंकमा ओर्लिएको छ ।
बिहीबार ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार रुपैयाँमा २ सय ६ ओटा कम्पनीका १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार बैंक, विकास बैंक र म्युचअल फण्डबाहेक सम्पूर्ण समूहगत सूचक घटेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको समूहगत परिसूचक २१४ र निर्जीवन बीमा २ सय ७ अंकले ओरालो लागेका छन् ।
बिहीबारको बजारमा सबैभन्दा बढी कमाउने कम्पनीहरुमा चन्द्रागिरी हिल्स, लुम्बिनी विकास बैंक, नविल बैंक लगायत रहेका छन् ।
२०७७ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








