ल्यापटप काखमा राखेर काम गर्ने बानीले निम्त्याउन सक्छ बाँझाेपना !

एजेन्सी । काेभिड १९ काे महामारीमा ‘वर्क फ्रम हाेम’ एउटा संस्कृतिका रूपमा स्थापित भयाे । खाेपकाे उपलब्धता बढेसँगै परिस्थिति केही सहज भएपनि प्रायः सबैले घरैबाट काम गरिरहेका छन्, जसकारण ल्यापटपकाे प्रयाेग बढिरहेकाे छ ।

तर याे कसैलाई थाहा छैन कि ल्यापटपको धेरै प्रयोगले प्रजनन् स्वास्थ्यमा असर पुर्याउन सक्छ ! दिनैभर ल्यापटपकाे प्रयाेग गर्नाले यसले शरीरमा नराम्राे प्रभाव पुर्याउँछ । ल्यापटपबाट निस्कने ताताे हावाले हाम्राे छालालाई असर गर्ने चिकित्सकहरू बताउँछन् । लामाे समय यही प्रक्रिया दाेहाेरिएमा बाँझाेपनकाे समस्या बढ्ने उनीहरूकाे भनाइ छ ।

यद्यपी ल्यापटपबाट भन्दा त्यसमा जाेडिएकाे वाइफाइबाट बढी जाेखिम छ, किनकी रेडिएसनकाे सम्बन्ध इन्टरनेट कनेक्सनसँग हुन्छ । एक विशेषज्ञले ल्यापटपबाट हुने प्रजनन स्वास्थ्य समस्या र यसबाट बच्ने उपायबारे बताएका छन् ।

विशेषज्ञका अनुसार ल्यापटपकाे धेरै प्रयाेगले स्‍पर्ममा समस्या पुग्छ । ल्यापटप काखमा राखेर काम गर्ने पुरूषकाे प्रजनन अंगमा यसले असर पुर्याउँछ । विभिन्न अध्ययन अनुसार ल्यापटपकाे विकिरणले शुक्राणुकाे संख्यामा कमि ल्याउँछ । याे समस्याले तपाईँलाई सन्तान सुखबाट बञ्चित गराउन सक्छ । कम्प्युटर उत्पादन गर्ने कम्पनीहरूले पनि काखमा ल्यापटप राखेर काम नगर्न सुझाव दिइरहेका हुन्छन् तर मानिसहरूले यसमा ध्यान दिएकाे पाइँदैन ।

ल्यापटपकाे बढी प्रयाेगले बाँझाेपना हुनु लामाे प्रक्रिया हाे । यसकाे धेरै प्रयाेगले शुक्रकिटकाे गणनामा कमि, यसकाे असामान्य आकार तथा याे बाहिर आउने समस्या हुन्छ । दिनमा १/२ घण्टा मात्रै प्रयाेग गर्दा याे समस्या नआउने चिकित्सककाे भनाइ छ ।

महिलाकाे तुलनामा पुरूषमा बढी समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् । खुट्टामा राखेर पनि काम गर्न नहुने चिकित्सककाे भनाइ छ । ल्यापटप टेबलमा राखेर काम तथा लामाे समयसम्म काम गर्नु परेमा केही समय ब्रेक लिएर गर्न उनीहरूले सुझाएका छन् ।

प्रतिक्रिया