पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई झाँक्रीको चुनौती

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वकी नेतृ रामकुमारी झाँक्रीले प्रक्राउ पूर्जी लिएर आउन प्रहरीले चुनौती दिएकी छन् ।

बिहीबार बिहान पक्राउ गर्न आफ्नो निवास आएको प्रहरी टोलीलाई नेतृ झाँक्रीले यस्तो चुतौती दिएकी हुन् ।

आफूलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको जानकारी दिँदै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । ‘यो राजनीतिक मुद्दा हो’, नेतृ झाँक्रीले पत्रकारहरुसँग कुराकानी गर्दै भनिन्, ‘सडकमा लडिरहेका छौँ, प्रतिवाद गर्छौँ । पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’

अहिले झाँक्री निवास शंखमूलमा प्रहरी टोली पुगेको छ । सँगै दाहाल–नेपाल नेतृत्वको नेकपा कार्यकर्ताहरु पनि निवास पुगेका छन् । उनीहरुले अहिले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया