रामकुमारी झाँक्रीलाई पक्राउ गर्न निवासमा पुग्याे प्रहरी

काठमाडौँ । राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको अभियाेगमा नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टाेली उनकाे निवासमा पुगेकाे छ ।

प्रहरीले यसअघि उनलाई साेधपुछका लागि बाेलाइएकाे बताएकाे थियाे । त्यसकाे केहीबेरमा महानगरीय प्रहरी परिसर टेकुकाे टाेली शँखमुलस्थित झाँक्रीकाे निवासमा पुगेकाे हाे । अहिले निवास बाहिर झाँक्रीका समर्थकहरु नाराबाजी गरिरहेका छन् ।

गाेरखामा भएकाे एक कार्यक्रमममा राष्ट्रपति भण्डारीकाे मानमर्दन हुने गरि झाँक्रीले अभिव्यक्ति दिएको विषयमा सोधपुछका लागि बोलाइएकाे अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

उनले राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोट नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनकाे भनाइकाे आलाेचना भएकाे थियाे । त्यसकाे विराेधमा अनेमसँघले झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएको थियो । 

प्रतिक्रिया