अब टिसर्टमा ‘नाटक-नौटंकी’, कति छ बजार मूल्य ?

काठमाडौं । नेकपा विभाजनपछि एकाएक चर्चामा आएको वाक्य होे- ‘नाटकै हो, नौटंकी नै हो’ । नेकपा अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्द जोडेर बनाइएको यो वाक्य अहिले भाइरल छ ।

यो वाक्य सामाजिक सञ्जालमा मात्रै भाइरल बनेन्, यही शब्द राखेर गीत पनि सार्वजनिक भएका छन् । अब भने ‘नाटकै हो, नौटंकी नै हो’ लेखिएको टिसर्ट पनि बजारमा आएको छ । मूलपानीस्थित ‘मूलपानी स्पोर्ट कम्पनी’ले यो टिसर्ट प्रिन्ट गरेको हो । उसो त, अन्य स्थानमा पनि यस्तो टिसर्ट पाइन थालेको छ ।

बजारमा चलेको वाक्यलाई टिसर्ट प्रिन्टमा ल्याए व्यापार बढ्छ कि भन्ने सोचले प्रिन्ट निकालेको सञ्चालक बाबुराम खतिवडा बताउँछन् । विभिन्न क्लब, स्कुल तथा कलेजका लागि जर्सी प्रिन्ट गर्दै आएको खतिवडा भन्छन्, ‘भाइरल बनेको वाक्य भएकाले टिसर्ट प्रिन्ट निकाल्यौं तर, सोचेजस्तो व्यापार भएको छैन ।’

यो टिसर्टको मूल्य प्रतिपिस पाँच सय रूपैयाँ तोकिएको छ । मिडियम, लार्ज र एक्ट्रा लार्ज गरी तीन साइजमा यो टिसर्ट उपलब्ध गरिने मूलपानी स्पोर्टले जनाएको छ ।

प्रतिक्रिया