सनराइज बैंकको सीईओमा सुमन शर्मा

काठमाडौँ– सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले बुधबार शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

नेपाल एसबीआई बैंकबाट बैंकिङ करियर सुरु गरेका शर्मासँग बैंकिङ क्षेत्रमा दुई दशक लामो अनुभव छ । यसअघि उनी माछापुच्छ्रे बैंकको सीईओ थिए । त्यसअघि उनी ग्लोबल आइएमई बैंकमा थिए।

उनले बुधबारबाट पदबहाली गरेका छन् ।

सञ्चालकहरुको बिवादका कारण यसअघिका सीईओ जनक शर्मा पौड्यालले मंगलबार राजिनामा दिएका थिए । चार बर्षका लागि नियुक्त भएका उनले नियुक्तिको १९ महिनामै राजिनामा दिएका हुन् ।

प्रतिक्रिया