बालिका बलात्कार अभियाेगमा शिक्षक पक्राउ

काठमाडौं । बालिका बलात्कार गरेकाे अभियाेगमा एक शिक्षक पक्राउ परेका छन् ।

म्याग्दीकि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत दार्जिलिङ घर भई हाल म्याग्दी मालिका गाउँपालिका-६ दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्री पक्राउ परेका हुन् ।

उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । क्षेत्रीले ती बालिकालाई गत बिहीबार जबरजस्ती करणी गरेको खबरपश्चात्  ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया