भिभो वाई १२एसको प्रि–बुकिङ्ग अफर योजना सुरु

काठमाडौं । भिभो नेपालले वाई १२एस को लञ्चको अवसरमा ग्राहकहरुका लागि प्रि–बुकिङ्ग स्किम ल्याएको छ ।

यस स्किमअन्तर्गत ग्राहकहरुले प्रि–बुकिङ्ग अन्तर्गत १ हजार बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई १२एस मोवाइल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रकम छुट पाउनेछन् ।

साथै जसले अनलाइनद्वारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत वाई १२एस तीनजनाले जित्न सक्नेछन् भने १ सय जनाले २ हजार ५ सय क्यासब्याक पाउनेछन् साथै ५ सय जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउनेछन् ।

कम्पनीका अनुसार, यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५ हजार एमएएच व्याट्री, कलर तथा डिजाइन रहेको छ ।

प्रतिक्रिया