शेयरबजार २९ अँकले घट्याे

काठमाडाैँ । लगातारजसो बढेर कीर्तिमान बनाएको नेपाली शेयर बजार परिसुचक नेप्से मंगलबार केही घटेको छ । विकास बैंक र फाइनान्सबाहेकका सबै उपसूचक नकारात्मक भएपछि नेप्से मंगलबार २९ अंकले घटेर २ हजार ५ सय ३२ दशमलव ४६ बिन्दुमा आइपुगेको हो ।

मंगलबार सोमबारको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब १४ करोड २६ लाख ९१ हजार १९३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार जीवन बीमा उपसमुह २ सय ७४, निर्जीवन बीमा उपसमुह २ सय ३७, लघुवित्त १२८ अँकले घटेको छ भने विकाश बैँक ४९ दशमलव ४९ तथा फाइनान्स समुह १२ दशमलव ७२ अँकले बढेको छ ।

बजार घटेपनि मंगलबार गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, कालिका पावर कम्पनी, नेपाल ल्युव आयल लिमिटेड लगायत कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । भने, सपोर्ट माइक्रोफाइनान्स, निर्धान उत्थान लघुवित्त, माउन्टेन इनर्जी, गुँरास लघुवित्त र नेरुडे लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन् ।

प्रतिक्रिया