भ्यालेन्टाइन्सकाे अवसरमा स्मार्ट डोकोले ल्यायो ‘डोको भरी माया’

काठमाडौं । हालै रिलन्च भएको स्मार्ट डोको अनलाइन सपिङ पोर्टलले भ्यालेन्टाइन्स् डेको अवसरमा ‘डोको भरी माया’ नामक अफर ल्याएको छ । उक्त अफरअन्तर्गत भ्यालेन्टाइन्स डेको विशेष अवसरमा आफ्ना प्रियजनलाई विशेष उपहार दिन सक्ने व्यवस्था डोकोले मिलाएको जनाएको छ ।

यस अवधिमा स्मार्ट डोको अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्ने १० भाग्यशाली जोडीलाई रोमान्टिक रात्रीकालीन वास, खाना र स्पासमेतको व्यवस्था उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

उक्त व्यवस्थाअन्तर्गत भाग्यशाली १ जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनरको व्यवस्था गरिने छ । त्यस्तै, २ जोडीलाई भोजघर गैरीधारामा क्याण्डल लाइट डिनर, २ जोडीलाई होटल चौतारी पोखरामा दुई रात, तीन दिनको प्याकेज, ३ जोडीलाई होटल विराजमानको भुसे चुलोमा लञ्च वा डिनर र २ जोडीलाई किन्जला स्पा झम्सीखेल ललितपुरमा बेल्नेस स्पाको सेवा उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार डोको सपिङ अनलाइनबाट १ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । त्यस्तै, १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर समेत प्रदान गरिने छ ।
कम्पनीले यो अफर १४ फेवु्रअरी सम्मका लागि मात्रै लागू गरेको जनाएको छ ।

प्रतिक्रिया