ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपकाे हस्पिटालिटीमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट दिने गर्ने समझदारी भएको छ ।

बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्डबाहक ग्राहक वर्गले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले उपलब्ध गराउने आवास, भाेजन तथा पेय पदार्थमा १० प्रतिशतसम्म छूट प्राप्त गर्ने जनाएको छ ।

प्रतिक्रिया