‘संविधानमा नलेखिएपनि प्रधानमन्त्रीलाई विघटनको अधिकार हुन्छ’
२०७७ माघ २६ गते

काठमाडाैं । प्रधानमन्त्रीका निजी कानुन व्यवसायीका रुपमा बहस गरिरहेका अधिवक्ता अनन्तराज लुइँटेलले संविधानमा नलेखिए पनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनकाे अधिकार हुने दाबी गरेका छन् ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरिरहेका अधिवक्ता लुइँटेलले संसद विघटनकाे अधिकार प्रधानमन्त्रीलाई भएकाे जिकिर गरेका हुन् । बहसका क्रममा उनले भने, ‘संविधानमा प्रधानमन्त्रीलाई विशेष अधिकार दिइएकाे छ । विशुद्ध राजनीति झगडाको कारणले आएको विघटनविद्धको रिट खारेज हुनुपर्छ ।’
यस्तै आज (सोमबार) नै प्रधानमन्त्रीकाे तर्फबाट बहस गर्दै अधिवक्ता सीपी रेग्मीले सबैकुरा संविधानमा नहुने जिकिर गर्दै प्रधानमन्त्रीले कुनैपनि बेला प्रतिनिधिसभा विघटन गर्न सक्ने तर्क गरे । विघटन प्रधानमनत्रीको विशेषाअधिकारको कुरा रहेकाे उनकाे दाबी छ ।
२०७७ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित








