ब्रिटिस कलेजद्वारा नयाँ विद्यार्थीलाई अभिमुखीकरण

काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका बिद्यार्थीका लागि अभिमुखीकरण (ओरिन्टेसन) कार्यक्रम  गरेको छ । जनवरी तथा फेब्रुअरी सत्रका लागि लागि भर्ना भएका विद्यार्थीलाई सहभागी गराई अभिमुखीकरण  सम्पन्न गरेको कलेजले जनाएको छ ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गरिएको कार्यक्रममा बीएस्सी हन्स, कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थी सहभागी थिए । कोभिड–१९ महामारीका कारण सन् २०२० मा कलेजले भर्चुअल कक्षा मात्र सञ्चालन गरेकोले विद्यार्थीले पहिलो पटक साक्षात्कार हुने अवसर पाएको समेत कलेजले जनाएको छ ।

कलेजका अनुसार कोरोना संक्रमितको संख्या बढिरहेको बेला पनि कलेजले विद्यार्थीलाई अनलाइन शिक्षा प्रदान गर्दै आएको थियो । सो समयमा कलेजले अनलाइनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

हालको दैनिक नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्ड पूरा गरी सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम गरेको कलेजले जनाएको छ । कार्यक्रममा सहभागी सबैले मास्क, स्यानिटाइजरलगायत सुरक्षाका साधन प्रयोग गरेका थिए । त्यसैगरी कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्डका पदाधिकारिहको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । उनीहरुले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षण गर्न विद्यार्थीहलाई सचेत गराएका थिए । साथै, यो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन कलेज काहेड अफ द स्कुल अफ विजनेश अरुण बज्राचार्यले गरेका थिए ।

प्रतिक्रिया