बक्यौता भुक्तानी नगरे यी ११ एयरलाइन्स कालोसूचीमा पर्ने

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा एयरलाइन्स कम्पनीलाई विमानस्थल बक्यौता भुक्तानी गर्न मौका दिएको छ । पटक-पटक ताकेता गर्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई भुक्तानी गर्नुपर्ने रकम नबुझाउने ११ एयरलाइन्स कम्पनीलाई फेरि ३० दिन मौका दिएको हो ।
प्राधिकरणले सार्वजनिक सूचना प्रकाशन गर्दै ३० दिनभित्रमा बुझाउनुपर्ने रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाई आफ्नो हरहिसाब चुक्ता गर्न भनेको छ । नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयरलाईन्स, कस्मिक एयर, साङ्ग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई शुल्क बुझाउन ३० दिने म्याद दिएको हो । हाल यी एयरलाइन्सहरू सन्चालनमा छैनन् ।
तोकिएको मयमा पनि रकम भुक्तानी नभएमा विमानस्थल सेवा शुल्य नियमावली २०७६को नियम ३० को उपनियम ३ बमोजिम भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्ने समेत समेत जारी सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :-








