चन्द्रागिरीको सेयर पहिलो कारोबार मूल्य १६१, हाेल्ड गर्ने धेरै

काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडको प्राथमिक सेयरले दोस्रो बजारमा कारोबारको ओपनिङ मूल्य प्रतिसेयर १६१ रुपैयाँ पाएको छ । नेपाल स्टेक एक्सचेन्ज (नेप्से)मा शुक्रबार सूचीकृत भएको उक्त कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो ।

आइतबार उक्त कम्पनीको जम्मा ३० कित्ता सेयर कारोबार भएको छ । १६१ रुपैयाँका दरले २० कित्ता र १६४ को दरले १० कित्ता गरी ३० कित्ता सेयर खरिद बिक्री भएको हो । उक्त कम्पनीको १३ लाख कित्ता भन्दा बढी सेयरको खरिद माग भए पनि बिक्री गर्नेहरु नभएको देखिएको छ ।

नेप्सेले उक्त कम्पनीको सेयरको दास्रो बजारमा ‘ओपनिङ रेन्ज’ ९६ रुपैयाँदेखि २९० रुपैयाँसम्म तोकेको थियो । कम्पनीको नेटवर्थ ९६ रुपैयाँ भएकोले उक्त नेटवर्थदेखि ३ गुणासम्म मूल्य तोकिएको थियो ।

कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० किक्ता सेयर नेप्सेले शुक्रबार सूचीकरण गरेको थियो ।
कम्पनीले कम्पनीले स्थानीय प्रभावित र सर्वसाधारणका लागि १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गरेको थियो।

त्यसमध्ये सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर बिक्री गरिएको थियो । बाँकी सेयर कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टयाइएको थियो ।

प्रतिक्रिया