‘भागिरथीकाे हत्या निर्मला पन्त प्रकरण जस्तो नहोस्’ : प्रचण्ड-माधव समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूहले बैतडीको दोगडाकेदार गाउँपालिका- ७ की किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।

नेकपाका दुबै अध्यक्षले शनिबार विज्ञप्तिमार्फत् घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला १७ वर्षकी किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं ।’

कञ्चनपुरकी निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित गरेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया