‘सुकुम्बासीलाई पुर्जा दिन सरकार आतुर छ’ [भिडिओसहित]

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सुकुम्बासीलाई लाालपुर्जा दिन सरकार आतुर रहेको बताएकी छन् ।

शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले सरकार अव्यवस्थित बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीलाई पुर्जा दिन आतुर रहेको बताएकी हुन् ।

सरकारको आतुरतालाई व्यवहारमा उर्तान आयोगका पदाधिकारीहरुले पहलकदमी लिनुपर्ने उनको भनाई छ । सरकार र आम सुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरुमाथि आशा र भरोसा गरेको पनि उनले बताइन् ।

सुकुम्बासीहरुको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले नियमन गर्नुपर्ने उनले बताइन् । गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भन्दै तिनको पहिचान गर्न पनि उनले ध्यानाकर्षण गराएकी छन् ।

आयोगका सदस्यहरु आर्थिक लोभमा नपर्न मन्त्री तुम्बाहाम्फेले सचेत गराएकी छन् । आयोगका पदाधिकारीले स्थानीय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उनले निर्देशन दिइन् ।

प्रतिक्रिया