कांग्रेसका भातृ संगठनले देशैभर प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका भातृ संघ–संगठनले शनिबार देशैभर प्रदर्शन गर्ने भएका छन् । विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत शनिबार भातृ संगठनहरुले देशभर प्रदर्शन तथा सभा गर्ने भएका हुन् ।

शनिबार ७७ जिल्लामा १८ शुभेच्छुक संघ–संगठनले विरोध प्रदर्शन गर्ने कांग्रेसले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन भएपछि कांग्रेसले जिल्ला, निर्वाचन क्षेत्रसँगै वडा तहसम्मै नै प्रदर्शन गरिरहेको छ ।

गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेपछि नेपालको राष्ट्रिय राजनीति सडक केन्द्रित भएको छ ।

यसबीचमा नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले खह्रो विरोध गरिरहेको छ भने प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँगै नागरिक समाजले पनि स्वतःस्फूर्त रुपले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया