हराएकी वृद्धाको शव जंगलमा भेटियो

पाल्पा । तानसेन नगरपालिका ८ की ७७ वर्षीया हीराकुमारी चिदीको शव आज फेला परेको छ । गत पुस महिनादेखि हराएकी वृद्धाको शव जंगलमा भेटिएको हो ।

माथागढी गाउँपालिका २, रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा वृद्धाको शव भेटिएको हो । चिदी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए । -रासस

प्रतिक्रिया